२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमवार) सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत वृद्धि भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू ६६१.९० पुगेको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । ११ः४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij