Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सेञ्चुरी बैंकले ल्यायो रेमिट खाता, ५.५० प्रतिशतको दरले त्रैमासिक ब्याज भुक्तानी गरिने

सेञ्चुरी बैंकले ल्यायो रेमिट खाता, ५.५० प्रतिशतको दरले त्रैमासिक ब्याज भुक्तानी गरिने


  • 6.6K
    Shares

    सेञ्चुरी बैंकले ल्यायो रेमिट खाता, ५.५० प्रतिशतको दरले त्रैमासिक ब्याज भुक्तानी गरिने

    काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विप्रेषण मार्फत प्राप्त हुने बचतमा १ प्रतिशत अतिरिक्त व्याजदर दिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थानुसार बैंकहरुले रेमिटान्सबाट प्राप्त हुने रकमलाई बचत गर्न प्रोत्साहन गर्न छुट्टै रेमिट खाता सञ्चालनमा ल्याउन थालेका छन् ।

    बैंकहरुले साधारण बचत भन्दा १ प्रतिशत ब्याजदर बढाएर रेमिट खाताहरु सञ्चालनमा ल्याउन थालेका छन् । यसैक्रममा सेञ्चुरी कमर्सियल बैंकले ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’ खाता सञ्चालनमा ल्याएको छ ।

    १ हजार न्यूनतम मौज्दात राख्नुपर्ने उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

    उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

    बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १२:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij