२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको लाभांश संशोधन भएको छ । कम्पनीले १९% बोनस शेयर १% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएकोमा बैकबाट वित्तीय विवरण सुधार गरी पेश गर्न निर्देशन दिएको थियो । सोही अनुसार लाभांश परिमार्जन भई १८ प्रतिशत बोनस शेयर र रू २० लाख ६३ हजार १७८ नगद लाभांश वितरण गर्ने भएको हो ।
यो संशोधन भएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij