Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

राष्ट्रिय बीमा सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बन्यो, युनिलिभर कसरी पछारियो ?

राष्ट्रिय बीमा सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बन्यो, युनिलिभर कसरी पछारियो ?


  • 6.5K
    Shares

    राष्ट्रिय बीमा सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बन्यो, युनिलिभर कसरी पछारियो ?
    images

    राष्ट्रिय बीमा कम्पनी नेपाली सेयर बजारमा सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी बनेको छ ।

     वहुराष्ट्रिय कम्पनी युनिलिभरलाई उछिन्दै राष्ट्रिय बीमा सबैभन्दा धेरै सेयर मूल्य हुने कम्पनी बनेको हो । कम्पनीको सेयर मूल्य आज ठ्याक्कै १० प्रतिशत (प्रतिकित्ता १८३०रुपैयाँ)ले बढेर २० हजार १३२ रुपैयाँ पुगेको छ ।

     विगत १ दशकभन्दा बढी समयदेखि सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनीको रुपमा रहेको युनिलिभरलाई बीमा कम्पनीले पछि पारेको हो । आज (१२ बजेसम्म) युनिलिभरको सेयर मूल्य प्रतिकित्ता १९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्षको मुनाफाबाट ६५० प्रतिशत नगद लाभांश घोषणा गरे पनि युनिलिभरको भाउ भने बढ्न सकेको छैन ।

     राष्ट्रिय बीमा कम्पनीको हाल चुक्ता पूँजी साढे २६ करोड रहेको छ । बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब पुर्याउन कम्पनीले आफ्नो चुक्ता पूँजी झन्डै ४ गुणाले वृद्धि गर्नुपर्ने हुन्छ ।

     चुक्ता पूँजी बढाउन कम्पनीले बम्पर लाभांश दिने हल्ला चलेसँगै कम्पनीको सेयर मूल्य उचालिएको हो ।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १४:१८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij