Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कालीगण्डकी करिडोरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

कालीगण्डकी करिडोरबाट ट्रक खस्दा ३ जनाको मृत्यु


  • 6.3K
    Shares

    कालीगण्डकी करिडोरबाट ट्रक खस्दा ३ जनाको मृत्यु

    कालीगण्डकी करिडोरमा भिरबाट ट्रक खस्दा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान गैंडाकोट नगरपालिकाअन्तर्गत कालीगण्डकी करिडोरको भोक्रेफाटस्थित सेतो पहराबाट करिब २ सय मिटर तल ना ३ ख ५३३९ नम्बरको ट्रक खसेको हो ।

    लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको थामबेंसीबाट फर्कँदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा ३ जना शव भेटिएको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।

    मृतकहरुको पहिचान खुलिसकेको छैन । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट प्रहरी घटनास्थलमा पुगेको छ । घटनास्थल गैंडाकोटबाट ३५ किलोमिटर उत्तरमा पर्छ ।

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - ११:४५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij