Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

पौष १० गतेबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’

पौष १० गतेबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’


  • 7.4K
    Shares

    पौष १० गतेबाट हलमा ‘आमा’ र ‘सेन्टी भाइरस’
    images

    कोरोना महामारी नियन्त्रण र रोकथामका लागि भन्दै देशव्यापी लकडाउन गरिएको लामो समयपछि देशका सबै खाले क्षेत्र बिस्तारै खुले । तर, चलचित्र क्षेत्र भने अझैं सुचारु हुन सकेको छैन् ।

    सिनेमा घरहरु खोल्न सरकारको अनुमति नपाएपछि हल व्यवसायी आफैँ सिनेमा हल खोल्न तम्सिएका छन् । सिनेमा व्यवसायीहरुको छाता संगठन चलचित्र संघले यही पौष १० गतेबाट हल सञ्चालन गर्ने घोषणा गरेको छ। 

    चलचित्रकर्मीहरु हल सञ्चालन गर्ने तयारीमा जुटेका छन् । तर, यो मितिमा कुन चलचित्र चल्छ भन्ने आम मानिसहरुको चासोको विषय बनेको छ ।  कोरोनाको त्रासका कारण सिनेमा हल बन्द गर्दा चलिरहेका फिल्मबाटै फेरि सिनेमा घर सञ्चालन गर्ने तयारी भएको छ । 

    चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पौष १० गते हलमा लगाउने तयारी गरिरहेको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए । यी दुई चलचित्र हलमा रिलिज भइरहेको रहेका बेला कोरोना संक्रमणको जोखिम भएको भन्दै हल बन्द गरिएको थियो । 

    हाल सञ्चालनमा आएका केही समय पुराना चलचित्र पनि प्रदर्शन गर्ने योजना रहेको चलचित्र संघले जनाएको छ । केहि समयअघि बनेका र तत्कालिन समयमा दर्शकले रुचाएका चलचित्र हल सञ्चालनको सुरुवाती चरणका केहि दिन प्रदर्शन गर्ने चलचित्र संघका अध्यक्ष प्रधानको भनाइ छ । 

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - ११:२७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij