Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित


  • 5.2K
    Shares

    भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित

    काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएका छन् ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार विहान दिएको जानकारीअनुसार नयाँ थपिएका सङ्क्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् ।

    पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो ।

    भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३२ लाख आठ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ९१ हजार ५१६ रहेको छ ।

    त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या चार लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड २३ लाख ७४ हजार ४९७ रहेको छ ।

    भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा बृद्धि हुँदै आएपनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - १३:४३:३९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij