२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपालका स्वामित्वमा रहेका तीन ओटा कम्पनीको लिलामी शेयर आवेदन गर्ने अन्तिम दिन आगामी आइतवारसम्म रहेको छ ।
कम्पनीले कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता, सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता शेयर भदौ २० गतेदेखि लिलामीमा ल्याएको हो ।
आवेदकले सेञ्चुरी बैंकको प्रतिकित्ता रू १५०, मञ्जुश्री फाइनान्सको रू। ३५० र कामना सेवा विकास बैंकको रू २५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
ती तीन ओटै कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
आगामी आइतवार बैंकिङ समयसम्म प्राप्त भएका बोलपत्र सोमवार दिनको ३:३० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने छ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij