२०८२ मंसिर १२ गते शुक्रवार
गोर्खाज फाइनान्स लिमिटेडको १६ औं वार्षिक साधारण सभा असोज १८ गते हुने भएको छ । सभा भौतिक उपस्थिति तथा भर्चुअल दुर्व माध्यमबाट सञ्चालन गरिनेछ।
फाइनान्सले यस अघि भदौ २४ गते साधारण सभा डोकेको थियो। तर विशेष कारण बस सो सभा स्थगित भएको थियो ।
सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ फाइनान्सले बैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। यस अनुसार बैशाख ५ गतेसम्म नेप्सेमा कारोबार कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij