Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

करार नियुक्ति माग्दै कन्ट्रायक्ट शिक्षकले तताए आन्दोलन

करार नियुक्ति माग्दै कन्ट्रायक्ट शिक्षकले तताए आन्दोलन


  • 9.0K
    Shares

    करार नियुक्ति माग्दै कन्ट्रायक्ट शिक्षकले तताए आन्दोलन

    जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका कोर्ष कन्ट्रायक्ट शिक्षकहरु करार नियुक्ति माग्दै आन्दोलित भएका छन् ।

    १५ दिनसम्म सांकेतिक आन्दोलन गर्दा पनि माग पूरा नभएपछि उनीहरुले बुधबार विश्वविद्यालयको उपकुलपति र रजिष्टारको कार्यालयमा ताला लगाएका थिए । उपकुलपति प्रा. भरत झाले प्रहरी बोलाएर आज दिउँसो ताला फोडेपछि विश्वविद्यालयमा केहीबेर स्थिति तनावपूर्ण भएको थियो ।


    आन्दोलित शिक्षकहरुले पुनः तालाबन्दी गरेपछि विश्वविद्यालयका उपकुलपति प्रा. झाले वार्ता गर्ने भएका छन् । माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनीपछि उपकुलपतिले छलफल गर्न बोलाएको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलिप कुमार यादवले जानकारी दिए ।


    विश्वविद्यालयमा अहिले ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षक कार्यरत छन्। स्थापना कालदेखि नै आफूहरु विश्वविद्यालयमा कार्यरत रहे पनि करारमा नियुक्त गर्न आनाकानी गरेकाले आन्दोलनमा उत्रनुपरेको शिक्षकहरुको गुनासो छ ।

    प्रकाशित मिति :भाद्र २४ २०७८ बिहिवार - १६:३०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij