Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

१० अर्ब अमेरिकी

१० खर्ब लगानी ५ वर्षमा स्वीकृत गर्ने लगानी बोर्डको यस्तो छ योजना, १ लाख रोजगारी सिर्जना

१० खर्ब लगानी ५ वर्षमा स्वीकृत गर्ने लगानी बोर्डको यस्तो छ योजना, १ लाख रोजगारी सिर्जना


  • 8.8K
    Shares

    १० खर्ब लगानी ५ वर्षमा स्वीकृत गर्ने लगानी बोर्डको यस्तो छ योजना, १ लाख रोजगारी सिर्जना

    लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर (११ खर्ब ७५ अर्ब) बराबरको विदेशी लगानी स्वीकृत गर्ने रणनीति लिएको छ। बोर्डको १०औं वार्षिकोत्सबको अवसरमा ५ वर्षे रणनीतिक योजना सार्वजनिक गरेको हो। 

    पाँच वर्षमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने योजना बनाएको छ। जसमा  ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक-निजी साझेदारीका परियोजनाको व्यवस्थापन गर्ने योजना छ। 

    परियोजनाबाट कम्तीमा १ लाख रोजगारी सिर्जना गर्ने दाबी बोर्डको छ।  प्रभावकारी लगानी प्रवर्द्धनद्धारा लगानीको वातावरण सुधार गर्न योगदान पुर्‍याउने तथा लगानी बोर्डलाई सार्वजनिक-निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने पाँचवटा मूल लक्ष्य लिएको छ।

    यस्तै रणनीतिक योजनामा परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास, तथा समन्वय, सहकार्य र साझेदारी गरी चार खम्बे योजना सहित आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने सोच लिइएको छ ।

     २०६८ सालमा स्थापना भएको लगानी बोर्डले 'लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी को मूल नाराकासाथ दशौं वर्षिकोत्सव मनाएको हो। कार्यक्रममा लगानी बोर्डको कार्यालयले तयार गरेको 'नेपाल इन्भेष्टमेन्ट गाइड २०२१' तथा 'कफी टेवल बुक' समेत सार्वजनिक गरिएको छ । 

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १४:२३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij