२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । रुरु जलविद्युत परियोजनाले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ ।
कम्पनीले आगामी असोज १६ गते आव २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण गर्ने भएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट करसहित १०.५२६ प्रतिशत नगद लाभांश र २०७७र७८ को नाफाबाट १० प्रतिशत बोनस शयर वितरण प्रस्ताव पारित गर्नेछ । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश वितरणे गर्ने प्रस्ताव रहनेछ ।
साधारण सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज हुने भएकाले असोज ६ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij