Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा भारी गिरावट : नेप्से ४४ अंकले घट्यो, कारोबार रकम ७ अर्ब मात्रै

शेयर बजारमा भारी गिरावट : नेप्से ४४ अंकले घट्यो, कारोबार रकम ७ अर्ब मात्रै


  • 5.8K
    Shares

    शेयर बजारमा भारी गिरावट : नेप्से ४४ अंकले घट्यो, कारोबार रकम ७ अर्ब मात्रै
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४४.१८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६१ विन्दुमा थामिएको छ ।            

    त्यस्तै, आज कोरोबार रकममा पनि गिरावट आएको छ । आज ७ अर्ब ४९ करोड ५८ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन् ।  

    नेप्सेका अनुसार आज कारोबार भएका दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ । आज सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५२.२० रुपैयाँ पुगेको छ भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.७८ प्रतिशतले बढेर प्रतिकित्ता ६०७ रुपैयाँ पुगेको छ ।  

    त्यस्तै, आज आरएमडीसी लघुवित्त वित्तिय संस्था र रु रु जलविद्युत परियोजना कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूलय आज करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण युनाइटेड मोदी हाइड्रोपार कम्पनीको भएको छ । यस कम्पनीको आज ६१ करोड भन्दा बढीको कारोबार भएको छ ।   

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १५:४९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij