२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा अभिनय गर्दैछिन् । फिल्महरू "जय शम्भुु" र "प्रेम गीत २" मा उनको अभिनय रहने भएको हो।
आज (मंगलवार)बाट उनी २७ वर्षमा प्रवेश गरेकी छिन् । नेपाली फिल्म एवं म्युजिक भिडियोहरूमा काम गरेकी उनले यसै वर्ष भोजपुरी फिल्म उद्योगमा डेब्यु गर्न लागेकी हुन् । त्यसैले यस वर्ष जन्मदिनमा भोजपुरी फिल्मकर्मीले समेत उनलाई शुभकामना दिइरहेका छन् ।
भोजपुरी मनोरञ्जन उद्योगको कम्पनी वर्ल्डवाइड रेकर्ड्स भोजपुरीले उनलाई नेपालको "सुपर स्टार" भएको जनाउँदै शुभकामना व्यक्त गरेको छ।
भलै शिल्पाले गरेका फिल्महरूले समीक्षात्मक एवं व्यवसायिक हिसाबमा सफल छैनन् । फिल्महरू लज्जा, विरंगना, फागु, हवल्दार सुन्तलीलगायतमा काम गरेकी छिन् ।
उनको डेब्यु रहने "जय शम्भुुमा कलाकारहरू प्रदीप पाण्डे, देव सिंह, धुव्र कोइराला, अनूप अरोरा, आकांक्षा दुबे, कालू राणा, कृष्णा महतो, ताइसन साजन, बिनोद कुमार लगायतको अभिनय रहनेछ । फिल्मलाई सोनू खत्रीले निर्देशन गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij