२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १९ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार १६१.९४ अंक बढेर २९८०.७८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १८.८३ अंक बढेर २९९९.६२ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ४.४० अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा ६३ कम्पनीको २ करोड ४ लाख ४ हजार ६६६ रूपैयाँ बराबरको ३२ हजार ३५४ कित्ता शेयर कारोबार भएको छ।
जसमध्ये ५२ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij