Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१६१ अंकले बढ्यो नेप्से, यी हुन् सोमबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी

१६१ अंकले बढ्यो नेप्से, यी हुन् सोमबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी


  • 6.4K
    Shares

    १६१ अंकले बढ्यो नेप्से, यी हुन् सोमबार शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनी
    images

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से भारी अंकले बढेको छ । नेप्से आज १६१ दशमलव ९४ अंकले बढेर २९ सय ८० दशमलव ७८ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३१ दशमलव ४१ अंकले बढेर ५५३ दशमलव ४० विन्दुमा रोकिएको हो ।

    नेप्सेको अनुसार आज २२४ कम्पनीको १ लाख ९ हजार १८२ पटक कारोबार भएर ९ खर्ब ८२ करोड ६२ लाख २२ हजार ८०७ रुपैयाँ बराबरको १ करोड ७९ लाख २२ हजार ५ सय ८८ कित्ता शेयर किनबेच भएको छ ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ४५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमुल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, गुरास फाइनान्स, पोखरा फाइनानस, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, नेपाल दुरसञ्चार कम्पनी, लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक र महालक्ष्मि विकास बैंक रहेका छन् । 

    त्यसैगरि, कामना सेवा विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक, साइर रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, सानिमामाई हाइड्रोपावर, बरुण हाइड्रोपावर, अपि पावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, ग्रिन डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्श, राद्यि विद्युत कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर, कालिका पावर कम्पनी, आँखु खोला जलविद्युत, जोशी हाइड्रोपावर, अप्पर तामाकोसी, घलेम्दी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र युनाइटेड इदी मर्दीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।    

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १६:०८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij