Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

तेह्रथुम पावरको आईपीओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक

तेह्रथुम पावरको आईपीओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक


  • 6.1K
    Shares

    तेह्रथुम पावरको आईपीओ बाँडफाँड कहिले ? यसो भन्छ बिक्री प्रबन्धक
    images

    काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने सम्भावना रहेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ । क्यापिटलका अनुसार आज सोमबार (भदौ २१ गते) प्रि–अलोटमेन्ट सम्पन्न गरी बुधबार बाँडफाँट गर्ने तयारी भएको छ । यद्दपि, समय र स्थानको भने टुंगो भने लागिसकेको छैन । यता, तेह्रथुमको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

    यसमा २३ लाख ९६ हजार ३४८ जना आवेदकबाट कुल ३ अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको ७ लाख ४४ हजार कित्तालाई आधार मान्दा ७४ हजार ४०० हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २३ लाख २१ हजार ९४८ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।
     
    कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ५५ (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २५ (१६ हजार कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरेको थियो । बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । तेह्रथुम पावरले तेह्रथुम जिल्लामा ७.५ मेगावाटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ ।

    यस आयोजनाको कुल लागत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत भने १७ करोड ८९ लाख रुपैयाँ छ ।

    यसअघि कम्पनीले साउन ५ देखि १९ गतेसम्म आयोजना प्रभावित स्थानीयलाई ४ लाख कित्ता आइपीओ बिक्री गरेको थियो । अब सर्वसाधारणलाई पनि आइपीओ बिक्री गरिसकेपछि यसकोे चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १५:०६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij