Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर बजारको पहिरो थामिए पछि आज यसरी आयो उछाल, कसरी पर्यो प्रभाव ?

सेयर बजारको पहिरो थामिए पछि आज यसरी आयो उछाल, कसरी पर्यो प्रभाव ?


  • 7.2K
    Shares

    सेयर बजारको पहिरो थामिए पछि आज यसरी आयो उछाल, कसरी पर्यो प्रभाव ?
    images

    सेयर बजारको पहिरो थामिएको छ । पछिल्लो तीन साता यता निरन्तर ओरालो लागेको बजारमा आज एकाएक उछाल आएको हो ।दिउँसो साढे १ बजेसम्म नेप्से सूचक ११८ अंकले बढेको छ ।

     हिजो एकैदिन नेप्से १०८ अंकले घटेपछि लगानीकर्ता आन्दोलित भएको थिए भने गभर्नरको राजीनामा समेत मागेका थिए ।  लगानीकर्ता आन्दोलनमै उत्रिएपछि अर्थमन्त्री जनादर्न शर्माले आज गर्भनर महाप्रसाद अधिकारीलाई फोन गरी  सोबारे चासो राखेको थिए ।

     अर्थमन्त्रीले गभर्नरलाई पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन जहाँ जे सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न आग्रह गरेका थिए ।

     गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्ध रहेको बताएको जनाइएको छ ।

     गर्भनरले पूँजी बजारको समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएसँगै लगानीकर्ता उत्साहित हुँदा एकाएक बजारमा उछाल आएको हो ।

     नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि त्यसयता बजारमा निरन्तर ओरालो लागेको थियो । पछिल्लो ३ सातामा मात्रै नेप्से झण्डै ४०० अंकले घटेको थियो ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १४:३०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij