२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर अर्को साता नेप्सेमा सूचीकृत हुने भएको छ । साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशनमा ल्याएको लघुवित्तको शेयर अर्को साता मात्रै सूचीकृत हुने भएको हो ।
अर्को साता भित्रै लघुवित्तको शेयर सूचीकरण भएर दोस्रो बजारमा कारोबार खुलाउने एसविआई क्यापिटलले जनाएको छ ।
लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।
त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।
लघुवित्तको आईपिओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण भएको थियो ।
गोलाप्रथाबाट भाग्यमानी ३६ हजार ८५६ जनाले १० कित्ता शेयर पाउदाँ ३ जना भाग्यमानीले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij