Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

महामारीबाट मुक्तिको कामना गर्दै रूद्री पाठ तीनै शहरको रूद्री, पाठमा नृसिंहहरुको समेत सहभागीता

महामारीबाट मुक्तिको कामना गर्दै रूद्री पाठ तीनै शहरको रूद्री, पाठमा नृसिंहहरुको समेत सहभागीता


  • 7.1K
    Shares

    महामारीबाट मुक्तिको कामना गर्दै रूद्री पाठ तीनै शहरको रूद्री, पाठमा नृसिंहहरुको समेत सहभागीता
    images

     काठमाडौं उपत्यका÷राजोपाध्याय समाजको आयोजनामा यस महिनाको पञ्चाभिषेक रूद्री पाठ कार्यक्रम आज उपत्यकाका तीनै शहरमा सम्पन्न भएको छ । समाजले गएको महिनाबाट शुरु गरेको मासिक पञ्चाभिषेक रूद्री कार्यक्रम अन्तर्गत यस महिनाको पाठ आज उपत्यकाका तीनै शहरमा एकै दिन एकै समयमा गरिएको हो । 
     काठमाडौंमा मखनस्थित महिन्द्रेश्वर महादेव, ललितपुरमा मंगलबजारस्थित विश्वनाथ महादेव र भक्तपुरमा टौमढी नारायणचोकस्थित तिलेश्वर महादेवस्थानमा पाँच जना राजोपाध्याय देव ब्राम्हणहरुबाट रूद्री पाठ गरिएको थियो । गएको सातामात्रै ललितपुरमा नृसिंह जात्रा सम्पन्न गरेका देव ब्राम्हणहरुबाट भएको आजको रूद्री पाठमा तीनवटै शहरमा सोही नृसिंह जात्राका पूर्व नृसिंहहरुले समेत पाठ गरेका थिए । काठमाडौंको पाठमा २०६४ सालमा नृसिंह बनेका काठमाडौं ढोकाटोल निवासी सुशील राजोपाध्याय र २०६९ सालमा नृसिहं बनेको काठमाडौं वटु टोल निवासी किशोर राजोपाध्यायले पाठ गरेका थिए । स्मरणीय छ, ढोकाटोल निवासी देव ब्राम्हण सुशील केही दिन अघि मात्रै अमेरिकामा सम्पन्न आदिवासी जनजाति चलचित्र महोत्सव र निफ अवार्ड कार्यक्रममा जामनः गुभाःजु चलचित्रबाट उत्कृष्ट नायक र उत्कृष्ट पटकथा विधाबाट अवार्ड विजेतासमेत हुन् । त्यस्तै ललितपुरको रूद्रीमा २०७६ सालमा नृसिंह बनेका ललितपुर पिम्बहाल निवासी महेशबाबु शर्मा राजोपाध्यायले र भक्तपुरको कार्यक्रममा २०७४ सालको जात्रामा नृसिंह बनेका भक्तपुर खाइसिमाचुकका अन्जन राजोपाध्यायले रूद्री पाठ गरेका थिए । 
     विश्वभरी कोरोना महामारीको अवस्थामा राजोपाध्यायले समाजले महामारीबाट मुक्ति र समग्र मानव समाजको सुस्वास्थ्यको कामनासहित गएको महिनाबाट पञ्चाभिषेक रूद्री पाठ कार्यक्रमको शुरुवात गरेको हो । समाजले शिवबास गरी हरेक महिना उपयुक्त दिनमा एकै दिन एकै समय उपत्यकाको तीनवटै शहरमा रूद्री पाठ गर्ने जनाएको छ । महोदवका पाँच वटा मुखमध्ये एक ब्राम्हणले एक मुखलाई अभिषेक गर्दै पाँच ब्राम्हणबाट पाठ गर्ने गरी पञ्चाभिषेक रूद्री कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १०:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij