२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । बीमा क्षेत्रको समग्र स्थितिको अध्ययन गर्नका लागि बीमा समितिले सं–संस्थाहरुलाई विस्तृत अध्ययन प्रतिवेदन माग गरेकोमा कसैको पनि आवेदन परेन ।
समितिले गत साउन २८ गते जारी गरेको सूचनामा कसैले पनि निवेदन नदिएपछि भदौ १७ गते पुन निवेदन माग गरेको हो ।
समितिले बीमा व्यवसयाको समग्र अवस्थाका चित्रण र बीमा व्यवसयाको व्यापकताका लागि समितिले चाल्नु पर्ने भावी रणनीतिका लागि अध्ययन गराउनका लागि स्वतन्त्र संसंस्थाहरुलाई आवेदन माग गरेको थियो ।
इच्छुक संसस्थाले अब असोज १ गतेसम्ममा आफ्नो अध्ययन प्रस्ताव पेश गर्न सक्नेछन् । अध्ययनका लागि पेश गर्ने प्राविधिक प्रस्तावमध्ये बढीमा तीन उत्कृष्ठ प्रस्तावहरुलाई छनौट गरि आर्थिक प्रस्तावकका आर्थिक प्रस्ताव खोलिने समितिले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij