Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा १०८ अंकको गिरावट, ११ अर्ब २४ करोडको कारोबार

नेप्सेमा १०८ अंकको गिरावट, ११ अर्ब २४ करोडको कारोबार


  • 6.6K
    Shares

    नेप्सेमा १०८ अंकको गिरावट, ११ अर्ब २४ करोडको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलब ७३ विन्दुमा बन्द भएको छ ।     

    नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्था गरेपछि बजारमा एक महिनादेखि बजार उत्तारचढावका बीचमा कारोबार भइरहेको छ । शेयर धितो कर्जाकै कारण शेयर बजारमा उच्च अंकको गिरावट आएको लगानीकर्ता बताउँछन् ।  

    नेप्सेका अनुसार आज ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेको छ ।

    त्यस्तै, आज कारोबार भएका धेरैजसो कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७० करोड भन्दा बढीको कारोबार भएको छ ।            
     

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १६:५०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij