Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिमकोटको विद्यालयमा पठनपाठन सञ्चालन गर्ने

सिमकोटको विद्यालयमा पठनपाठन सञ्चालन गर्ने


  • 6.3K
    Shares

    सिमकोटको विद्यालयमा पठनपाठन सञ्चालन गर्ने

    हुम्ला — सिमकोट गाउँपालिकाले यही २७ गतेदेखि विद्यालयहरूमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका सातवटै गाउँपालिकामा पूर्णरूपमा स्वास्थ्य मापदण्डको पालना गर्दै विद्यालय खोल्न सकिने भएपछि सिमकोटले पठनपाठनको तयारी गरेको हो ।

    कोरोना संक्रमणको जोखिम कम भएको भन्दै जिल्ला कोभिड–१९ व्यवस्था केन्द्र (डीसीएमसी) को सोमबार बसेको बैठकले जिल्लाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्न सकिने निर्णय गरेको छ । पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सबै विद्यालयलाई पत्राचार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । उनका अनुसार आगामी सातादेखि ७ वटा सामुदायिक विद्यालयमा पठनपाठनको तयारी गरिएको हो । ‘अन्य वैकल्पिक विधि पनि प्रभावकारी देखिएनन्,’ उनले भने, ‘सुरक्षाका सबै मापदण्ड पालना गरी पठनपाठन सुरु गर्ने गरी आवश्यक तयारी थालेका छौं ।’

    स्थानीय तहले अनुकूलता मिलाएर विद्यालय खोल्न सक्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । ‘केही सातायता जिल्लामा कोभिड संक्रमण कम हुँदै गएकाले विद्यालय खोल्न सकिने अवस्था देखियो,’ उनले भने, ‘पठनपाठन सञ्चालन नहुँदा विद्यार्थीहरूले यसअघि पढेका कुरा पनि बिर्सिएकाले विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको हो ।’ उनले भौगोलिक विकटता र कठिन भूगोल भएका कारण हुम्लामा अनलाइनलगायत वैकल्पिक शिक्षण क्रियाकलाप प्रभावकारी नभएको बताए ।

    जिल्लाका सात गाउँपालिकामा १ सय ३७ सामुदायिक विद्यालय छन् । ताजाकोट गाउँपालिकाका सबै विद्यालयमा झन्डै एक महिनादेखि पठनपाठन भइरहेको छ । नाम्खा गाउँपालिका–६ लिमीका दुई विद्यालय भने कोरोना महामारीकै समयमा पनि पठनपाठन भइरहेको थियो । अन्य गाउँपालिकाले भने विद्यालय खोल्नेबारे निर्णय गरेको छैन । टेलिफोन नटवर्कसमेत प्रभावकारी नहुँदा सदरमुकाम सिमकोटबाहेकका विद्यालयले वैकल्पिक पठनपाठन सञ्चालन गर्न सकेका थिएनन् । हुम्लाका सातवटै गाउँपालिकाका विद्यालयले विद्यार्थी भर्ना भने यसअघि नै सकिएको जनाएका छन् ।

     

    प्रकाशित मिति :भाद्र १८ २०७८ शुक्रवार - १२:३५:२० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij