२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पर्सि पुस ८ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधिसभा विघटनको विरोधमा जसपाले पर्सि देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । आज (सोमबार) बसेको पार्टीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको नेता केशव झाले जानकारी दिए ।
यस्तै जसपाले सरकारविरुद्ध विरोधका थप कार्यक्रम तय गर्न भोलि दिउँसो १२ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij