Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अर्को हप्ता देखि काठमाडौं महानगरपालिका भित्रका विद्यालय खुल्ने

अर्को हप्ता देखि काठमाडौं महानगरपालिका भित्रका विद्यालय खुल्ने


  • 6.0K
    Shares

    अर्को हप्ता देखि काठमाडौं महानगरपालिका भित्रका विद्यालय खुल्ने

    काठमाडौं महानगरपालिका भित्रका विद्यालय अर्को हप्तादेखि खोल्ने तयारी महानगरपालिकाले थालेको छ । सरकारले हालै लागु गरेको स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने स्वीकृति दिएपछि महानगरले विद्यालय खोल्ने तयारी थालेको हो ।

    शिक्षा समितिका पदाधिकारीसँग छलफल गरी अर्को हप्तादेखि विद्यालय खोल्ने महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । ‘हिजो जिल्ला प्रशासन कार्यलयले स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्देशन दिएपछिशिक्षा समितिका पदाधिकारीसँग विभागले छलफल अघि बढाएको हो । संक्रमणको अवस्था र सरोकारवालको सुझावलाई ध्यानमा राखेर विद्यालयमा सञ्चालनमा ल्याइने शिक्षा विभागले जानकारी दिए ।

    जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार डीसीसीएमसीसंग समन्वय गरेर भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने स्मार्ट लकडाउनको प्रावधानले गरेको व्यवस्था अनुसार सक्ने निर्देशन भएपछि विद्यालय सञ्चालनका लागि गृहकार्य सुरु भएको शिक्षा विभागले जानकारी दियो ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १४:३७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij