Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक सेवा आयोग यसरी यस्तो बनाउँदैछ बार्षिक कार्यतालिका, बिज्ञापन र लाइसेन्सको यस्तो छ तयारी

शिक्षक सेवा आयोग यसरी यस्तो बनाउँदैछ बार्षिक कार्यतालिका, बिज्ञापन र लाइसेन्सको यस्तो छ तयारी


  • 23.9K
    Shares

    शिक्षक सेवा आयोग यसरी यस्तो बनाउँदैछ बार्षिक कार्यतालिका, बिज्ञापन र लाइसेन्सको यस्तो छ तयारी

    बार्षिक कार्यतालिकाले निर्धारण गरेका कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्यले अहिले शिक्षक सेवा आयोग बार्षिक कार्यतालिका बनाउन जुटेको छ । लामो समय नीर्जिव बनेको शिक्षक सेवा आयोगलाई गतिशील बनाउन बार्षिक कार्यपात्रो बनाएर कार्यक्रम सार्बजनिक गर्ने भएको हो । 

    कार्यतालिकाले निर्देश गरेका कामलाई प्राथमिाकीकरण गरी कुन काम पहिला गर्ने भन्ने योजनाना सार्बजनिक गरिने आयोगका सुदर्शन मरहट्ठाले बताए । ‘हामीले गर्ने काम थुप्रै बाँकी छन, हामी बार्षिक कार्यपात्रो बनाउन व्यस्त छौं ।’ उनले भने, ‘सामजिक सञ्जालमा आए जस्तो अहिले नै हामी कुन काम पहिले गर्छौं भन्ने निष्कर्षमा पुगेका छैनौं ।’

    कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने उनले जानकारी दिए ।

    सरकारको लापरबाहीका कारण लामो समय गतिलिन सकेन । बार्षिक कार्यातालिका प्रभावित भयो । आयोगले दैनिक प्रशासनिक कार्य पनि गर्न सकेन । विथोलिएको बार्षिक कार्यतालिका तय नै गर्न सकेको छैन ।

    आयोगले नियमावली संशोधनका लागि मन्त्री परिषद्मा प्रस्ताव लगेको छ । स्वीकृत भएको छैन । आयोगलाई तत्काल शिक्षक छनोटका लागि विज्ञापन गर्न केही बाधा देखिएका छन् । नियमावली संशोधन हुने कि पुरानै प्रक्रियामा रहेर काम अगाडि बढाउने भन्ने स्पष्ट भइ नसकेको अवस्थामा अधिकांश कोचिङ सेन्टरले शिक्षक सेवा आयोग तयारी कक्षा भनेर अनलाइनबाट धमाधम सशुल्क कक्षा सञ्चालन गर्न थालेका छन् ।

    अधिकांश कोचिङ सेन्टरले विज्ञापन गरेर नै कोचिङ कक्षा चलाइरहेका छन् । विद्यार्थी पनि पाठ्क्रम नपढी सधै ट्युसनका भरमा चल्ने हुँदा ठगिँद आएका छन् । एउटा कोचिङ सेन्टरले अनलाइन भर्ना भनेर नै एक हजारदेखि ५ हजार सम्म शुल्क लिने गरेको लिने विद्यार्थीको गुनासो छ । एकातिर लामो समयसम्म विज्ञानपन गर्न नसकेको आयोगले सजीवता पाएको लामो समय भएको छैन ।

    बार्षिक कार्यतालिका बनाइ नसकेको अवस्थामा बग्रेल्ती खोलिएका कोचिङ सेन्टरले विद्यार्थीलाई मानसिक तनाव दिएको आयोगका एक पदाधिकारीले बताए । ती पदाधिकारीले विद्यार्थीको मेहनत गर्ने बानी नभएका कारण सधैं ठगिने बताए । ‘च्याउ जस्तै कोचिङ सेन्टर छन् सबैले व्यापार गरिरहेका छन्, अशिले त सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गरेर नै विद्यार्थीलाई ठगिरहेका छन् ।’ ती पदाधिकारीले भने, ‘आयोगले पाठ्यक्रम जारी गरिसकेको छ पाटठ्यक्रममा विद्यार्थीले विश्वविद्यालयमा पढेका कुरा मात्र छन्, ति विषयलाई सुक्ष्म ढङ्गले स्मरण गरे त भइगयो नि, विद्यार्थीलाई पनि ठगिनै पर्ने !’ जानकारी दियो ।

    बार्षिक कार्यतालिकाले तय गरेपछि मात्र अध्यापन अनुमति पत्र लाइसेन्स आन्तरिक बढुवा तथा खुला विज्ञापन मार्फत शिक्षक छनोट प्रक्रिया कुन पहिला गर्ने भन्ने भन्न सकिने ती पदाधिकारीले जानकारी दिए ।

    १२ हजार बढी शिक्षक दरबन्दी रिक्त

    आयोगका प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठका अनुसार लेआयोगले आर्थिक वर्ष २०७४–७५ देखि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन गर्न सकेको छैन । १२ हजार ६ सय स्थायी शिक्षकको दरबन्दी अहिले नै रिक्त छ । करिब २ हजार ६ सय विभिन्न तहका शिक्षकहरुको बढुवा प्रयोजनका लागि रिक्त छ । २०७८ चैतसम्म थप तीन हजार शिक्षक नियमित अवकाशमा जाने र दरबन्दी रिक्त हुने आयोगको अनुमान छ ।

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको विवरण अनुसार माध्यमिक तहमा एक हजार ४२ , निमाविमा १ हजार ९१३ दरबन्दी र प्राथमिक तहमा नौ हजार ६०१ दरबन्दी रिक्त छ । आयोगले केन्द्रलाई २०७८ चैत मसान्तसम्मको रिक्त दरबन्दी पठाउन अनुरोध गरेको छ ।

    आयोगका अनुसार २०७४–७५ मा प्राथमिक तहमा ९ हजार ९५६, निम्नमाध्यमिक तहमा १ हजार ५७४ र माध्यमिक तहमा १हजार ९७ जना शिक्षक छनोट गरेको थियो । हाल प्राविमा साढे ९ हजार, निमाविमा २ हजार र माविमा १ हजार १ सय शिक्षक दरबन्दी रिक्त छ । ।


    शिक्षक सेवा आयोग नियमावलीको १० औं संशोधनले शिक्षक छनोटका लागि २०० पूर्णाङ निर्धारण गरेको छ । १०० पूर्णांकको सामान्य परीक्षा उत्तीर्ण हुने विद्यार्थी मात्र अबविषयगत परीक्षामा सामेल हुन पाउने भएका छन् । भनेर तोकेकाले शिक्षकहरुले २०० पूर्णांकको परीक्षा दिनुपर्नेछ । सामान्य परीक्षामा १०० पूर्णांकमा ५० अंक ल्याउनेहरु मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउनेछन् ।

    आयोग यसका लागि पाठ्यक्रम तयार गरिरहेको छ । करिब २४ विषयको पाठ्यक्रम तयार गरिसकेको छ । भने अन्य विषयको निर्माण गरिरहेको जनाएको छ ।


    आयोगले लिएको विभिन्न तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरी करिब ७ लाख विद्यार्थीले लिइसकेका छन् । आयोगका अनुसार हालसम्म माध्यमिक तहमा १ लाख ४४ हजार ३८१, निम्न माध्यामिक तहमा ३ लाख ७० हजार १२ र प्राथमिक तहमा दुई लाख दुई हजार ७१२, जना गरी जम्मा ७ लाख १७ हजार १०५ जनाले लाइसेन्स लिएका छन् ।

    त्यसमा आयोगले समयमा नै शिक्षक छनोटका लागि विज्ञापन गर्न नसक्दा धेरे विद्यार्थीको लाइसेन्स नै काम नलाग्ने भएको छ । नियमावली आयोगले सञ्चालन गर्ने खुला शिक्षक छनोटका लागि  महिलाको हकमा  ४० वर्ष र पुरुषका हकमा ३५ वर्ष  उमेर निर्धारण गरेको छ ।  एउटा व्यक्तिलाई नेपालको सन्दर्भको विश्वविद्यालयको डिग्री गर्न कम्तीमा पनि २५ वर्ष लाग्छ । समयमा नै सेवा प्रवेश गर्न नपाउँदा धेरै विद्यार्थीको लाइसेन्स काम नलाग्ने भएको हो ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १३:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij