Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सानिमा लाइफको सेयर किन्नेको ओइरो, बेच्ने जिरो ! कति पुग्यो मूल्य ?

सानिमा लाइफको सेयर किन्नेको ओइरो, बेच्ने जिरो ! कति पुग्यो मूल्य ?


  • 8.2K
    Shares

    सानिमा लाइफको सेयर किन्नेको ओइरो, बेच्ने जिरो ! कति पुग्यो मूल्य ?
    images

    सानिमा लाइफ इन्स्योरेन्सको सेयर किन्नेको ओइरो लागेको छ । बिहीबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको हो ।

    बुधबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आएको हो । ३०९ रुपैयाँ कारोबार खुलेको कम्पनीको ११ः४५ बजेसम्म सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३३९ रुपैयाँमा कारोबार भएको छ । सो बेलासम्म सानिमाको १२० कित्ता कारोबार भएको छ ।
    मूल्यमा पोजेटिभ सर्किट लागे पनि कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको छ । कारोबार खुलेको पौने घण्टामै झण्डै ९ लाख कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन ।

     कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

     कम्पनीले साउन २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँदरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो ।

     कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका थिए । जसमा गोलाप्रथाबाट भाग्यमानी ५ लाख ४० हजारले १० कित्ताका दरले सेयर पाएका थिए । आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १२:४०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij