२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाइएका छन् ।
मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् । दुई कार्यालय सचिवले फरकरफरक समय र स्थानमा बैठक हुने सूचना जारी गरेका हुन्।
प्रधानमन्त्री ओली पक्षले बिहान ९ बजे बैठक बोलाएको छ । प्रधानमन्त्री ओली निकट कार्यालय सचिव ईश्वरी रिजालले नेताहरूलाई बालुवाटार केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सूचित गरेका छन् ।
अर्कोतर्फ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक बोलाएको छ । प्रचण्ड निकट कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बैठक हुने सूचना जारी गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij