Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

११.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

११.२ प्रतिशतले बढ्यो रेमिट्यान्स


  • 12.8K
    Shares

    ११.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आवको पहिलो चार महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ११।२ प्रतिशतले वृद्धि भई रु ३३७ अर्ब ७२ करोड पुगेको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेकोे थियो ।  

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९२५१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । 

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु ३७३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेकोे थियो ।  

    प्रकाशित मिति :पौष ६ २०७७ सोमवार - १५:५२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij