२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । ई–सेवा मनी ट्रान्सफर र कुवेतको रेमिट्यान्स कम्पनी यूएई एक्सचेन्जले रेमिट्यान्स कारोबार सेवा सुरु गरेका छन् ।
यससम्बन्धी सम्झौतापत्रमा ई–सेवाका प्रबन्ध निर्देशक अजेश कोइराला र यूएई एक्सचेन्जका कार्यकारी प्रमुख कृष्णकुमार यछारथले हस्ताक्षर गरे
। सेवा सुरु भएसँगै कुवेतमा रहेका नेपालीले यूएई एक्सचेन्जका शाखाबाट नगद, बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्छन् ।
नगदमा पठाइएको रकम देशभरका ई–सेवा मनी ट्रान्सफरका एजेन्ट तथा यसको वालेट एपमार्फत प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij