Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

उपत्यकाका विद्यालयहरु सञ्चालन गर्न पाउने

उपत्यकाका विद्यालयहरु सञ्चालन गर्न पाउने


  • 5.0K
    Shares

    उपत्यकाका विद्यालयहरु सञ्चालन गर्न पाउने

    काठमाडौं उपत्यकाका तीन जिल्लामा स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)सँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न पाउने भएका छन् । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीचको बैठकले स्मार्ट लकडाउनको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो ।


    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जनस्वास्थ्यका मापदण्ड अपनाएर सिनेमा घर, जिमखानालगायत मनोरञ्जन क्षेत्रलाई पनि सञ्चालन गर्न दिइने बताए । उनका अनुसार यो निर्णय भदौ १७ गतेदेखि लागू हुनेछ ।

    काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा कायमै राखे पनि त्यसका केही प्रवाधानहरुमा भने फेरबदल गरेको छ ।

    प्रशासन कार्यालयहरुले यसअघि विभिन्न पटक म्याद थप गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए । पछिल्लो समय कोरोना संक्रमणमा केही कमी आएसँगै प्रशासनले केही छुट दिएको छ ।

    यस्तै कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिने पनि सूचनामा बताइएको छ ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १५:१५:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij