Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सानिमा लाइफको २ करोड कित्ता आईपीओ नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

सानिमा लाइफको २ करोड कित्ता आईपीओ नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?


  • 7.8K
    Shares

    सानिमा लाइफको २ करोड कित्ता आईपीओ नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?
    images

    काठमाडौं । नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ सुचिकृत भएको छ । आज कम्पनी र नेप्सेबीच दोस्रो बजारमा आईपीओ सुचीकृत गरी कारोबारका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    कम्पनीको २ करोड कित्ता आइपीओ सुचिकृत भएको हो । यससँगै अब कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुनेछ ।

    कम्पनीको शेयर डिम्याट खातामा आएसँगै दोस्रो बजारमा कारोबार हुन लागेको हो । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’ सम्बोल प्रदान गरिएको छ ।

    दोश्रो बजारमा हुने पहिलो शेयर कारोवारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

    सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १४:४०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij