Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन सुरु

कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन सुरु


  • 4.5K
    Shares

    कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन सुरु

    काठमाण्डाै – कोरोना संक्रमण कम भएका ठाउँमा भौतिक उपस्थितिमा पठनपाठन सुरु हुन थालेका छन् । काेराेना संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि अनुसार सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा काठमाण्डौ उपत्यकाभित्रका केही विद्यालयमा समेत पठनपाठन सुरु भएको छ । काठमाण्डौ उपत्यकाबाहिर पनि केही ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन भैरहेको छ ।

    स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिमा लकडाउनको प्रकृतिअनुसार स्वास्थ्य मापदण्डको पालना गरी खुला गर्ने क्षेत्र, उपक्षेत्र तथा क्रियाकलापलाई कडा लकडाउन, मिश्रित लकडाउन, नरम लकडाउन र न्यूनतम लकडाउन गरेर चार भागमा विभाजन गरेको छ । यस्तै शैक्षिक संस्था सञ्चालनमा कडा लकडाउन भएको ठाउँमा भर्चुअल माध्यममा, मिश्रित लकडाउन भएको ठाउँ स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रशासनिक कार्य मात्र गर्न सकिने व्यवस्था छ ।

    यस्तै, सफ्ट लकडाउनमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन तथा सम्बन्धित कक्षाको कुल क्षमताको ३३ प्रतिशत नबढ्ने गरी आलोपालो गरेर भौतिक उपस्थितिमै पठनपाठन गर्न सकिने उल्लेख छ । न्यूनतम लकडाउन भएको ठाउँमा भने स्वास्थ्य सुरुक्षा मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने व्यवस्था छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले यो कार्यविधिको आधारमा सम्बन्धित प्रशासन तथा स्थानीय निकायको अनुमतिमा पालिकाहरुले निर्णय गर्न सक्ने बताउनुभयो । कार्यविधिअनुसार न्यूनतम लकडाउन भएको ठाउँमा भौतिक उपस्थितिमै पठनपाठन गर्न सकिने तर स्वास्थ्य मापदण्ड पालना र सम्बन्धित निकायको स्वीकृति भने अनिवार्य रहेको उहाँको भनाइ छ ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १०:२८:५८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij