Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु बैंकको सेयर लिलामीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

प्रभु बैंकको सेयर लिलामीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


  • 7.8K
    Shares

    प्रभु बैंकको सेयर लिलामीमा, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौं । प्रभु बैंकको साँढे २ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामी हुँदैछ । बैंकले आज भदौ १५ गतेदेखि बैंकको २ लाख ५२ हजार ७ सय २८ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

    बैंकले यी सेयर आज (मंगलबार) भदौ १५ देखि भदौ २८ गतेसम्म यी संस्थापक सेयर लिलामी गर्न लागेको हो । सेयर लिलामी प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

    न्युनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्यमा आवेदन दिनु पर्ने छ । आवेदन न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएका छन् ।

    हाल कायम संस्थापक सेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको सेयरमा आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १२:११:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij