२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई मंगलबार (भोली)देखि म्याचिङ सुरु गर्ने भएको छ।
प्रवेश परीक्षामा प्राथमिकता क्रममा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली शुरु गर्न लागेको हो।
आयोगले म्याचिङ प्रणाली १५ भदौ बिहान १० बजे देखि शुरु गरी आगामी २० भदौसम्म जारी रहने बताएको छ। म्याचिङका लागि स्वदेशी तथा विदेशी विद्यार्थीका लागि विभिन्न मापदण्ड अघि सारिएको छ।
यता नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने निजी कलेजहरुले कोटा भन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण गराएको भन्दै आयोगलाई ताला चावी लगेर बुझाएको छ। उसले यथास्थितिमा विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij