Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म आवेदन दिन सकिने ?

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म आवेदन दिन सकिने ?


  • 6.7K
    Shares

    बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म आवेदन दिन सकिने ?

    बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ)मा भोलि (भदौ १५ गते, मंगलबार) सम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज थियो । तर आज सार्वजनिक बिदा परेको हुनाले मंगलबार बैंकिङ्ग समयपश्चात् मात्र बिक्री बन्द गरिन लागेको हो ।

    कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

    कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । 

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । कम्पनीको आईपीओमा ईसेवाबाट पनि आवेदन दिन सकिनेछ । 

    ईसेवाबाट आवेदन दिनका लागि यसो गर्नुहोस् :
    १) ईसेवा खोलेर BBHCL - IPO (Nuwakot Only) मा थिच्नुहोस् ।

    २) नुवाकोटबासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहोस् ।

    ३) आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ । 

    ४) प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।

    612c4639a4338.jpg

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - १२:२०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij