२०८२ मंसिर १२ गते शुक्रवार
आज (भदौ १४ गते, सोमबार) सेयर बजार बन्द रहनेछ । ‘श्रीकृष्ण जन्माष्टमी’ को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेको हुनाले आज (भदौ १४ गते, सोमबार) सेयर बजार पनि बन्द हुने भएको हो ।
हिजो (आइतबार) सेयर बजारमा करेक्सन देखिएको थियो । सेयर कारोबार मापक नेप्से परिसूचक ४८.८४ अंकले घटेर ३०४५.२० विन्दुमा पुगेको थियो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.५७ अंकले घटेर ५६२.८८ विन्दुमा झरेको थियो ।
कूल २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५ सय ५ रूपैयाँ बराबरको कारोबार भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij