२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।
कम्पनीले गत भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ विक्री खुला गरेको हो ।
कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न ३,६,७ र ८ का स्थानिय बासिन्दका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानियलाई १० लाख कित्ता छुट्याएको छ ।
त्यसैगरी न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता शेयर छुट्याइएकोछे । यस कम्पनीको आइपीओमा हालसम्ममा रू ३८ करोड ६२ लाख ४४ हजार बरावरको आवेदन परेको छ ।
विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हालसम्ममा १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि आवेदन दिएका हुन् । यदि भोलि भदौ १५ गतेसम्म सबै शेयर विक्री नभएमा भदौ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।
आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लभर रहेका शाखा कार्यलय,सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यलय बुद्धनगर,काठमाडौंबाट आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर रेटिङ डबल बी इस्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ । कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij