Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सेयर बजारमा पहिरो गए पनि चम्किएका यी हुन् ६ कम्पनी

सेयर बजारमा पहिरो गए पनि चम्किएका यी हुन् ६ कम्पनी


  • 8.8K
    Shares

    सेयर बजारमा पहिरो गए पनि चम्किएका यी हुन् ६ कम्पनी
    images

    सेयर बजारमा पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार यससाता पहिलो कारोबार दिनमै ४९ अंकले घटेको हो ।

     सूचकमा उच्च गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज साढे १५ अर्ब बढीको सेयर किनबेच भएको छ ।

     आज सेयर बजार मापक सूचक नेप्से ४९.१८ अंकले घटेर ३०४४.८७ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ रुपैयाँ बराबरको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर किनबेच भएका छन् ।

     आज कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ ।

     आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

     आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, अरुण काबेली हाइड्रोपावर ८७ करोड र जीवन विकास लघुवित्तको झन्डै ७५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

     उच्च अंकले घटेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

     यसैगरी, अरुण भ्याली हाइड्रोपावर ७.५६ प्रतिशत, जानकी फाइनानस ६.९९, सिभिल लघुवित्त ६.३० र मनकामना लघुवित्तको सेयर मूल्य ६.०९ प्रतिशतले बढेको छ ।

    घट्दो बजारमा आज रुरु जलविद्युत्को सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १६:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij