Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जोशी हाइड्रोपावरले सार्वजनिक गर्यो चौथो त्रैमाससम्मको वित्तिय विवरण, साढे ३५ लाख बढी नोक्सानी, अन्य अवस्था कस्तो ?

जोशी हाइड्रोपावरले सार्वजनिक गर्यो चौथो त्रैमाससम्मको वित्तिय विवरण, साढे ३५ लाख बढी नोक्सानी, अन्य अवस्था कस्तो ?


  • 5.5K
    Shares

    जोशी हाइड्रोपावरले सार्वजनिक गर्यो चौथो त्रैमाससम्मको वित्तिय विवरण, साढे ३५ लाख बढी नोक्सानी, अन्य अवस्था कस्तो ?
    images

    काठमाडौं । जोशी हाइड्रोपावरको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ३५ लाख ७१ हजारभन्दा बढी खुद नोक्सानीमा रहेको छ। अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी १ करोड ८४ लाख ५६ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष नोक्सानी घटाएको हो ।

    अघिल्लो वर्ष  १ करोड ६४ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष रू ३ करोड ६३ लाखभन्दा बढी यो आम्दानी गरेको छ । अघिल्लो वर्ष  ७१ लाख ६४ हजार रुपैयाँभन्दा बढी आयोजना लागत रहेकोमा गत वर्ष  ३१ लाख ३९ हजार रुपैयाँमात्र आयोजना लागत रहेको छ ।  

    अघिल्लो वर्ष ७१ लाख ४७ हजार रुपैयाँभन्दा बढी सञ्चालक नाफा गरेको कम्पनीले गत वर्ष ३ करोड ८ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । सञ्चालन नाफा बृद्धि भएसँगै कम्पनीको खुद नोक्सानी घटेको हो ।    

    हाल कम्पनीको चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ५ करोड ७३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू ८४.५७ र प्रतिशेयर आम्दानी रू०.९५ ऋणात्मक रहेको छ ।   

    प्रकाशित मिति :भाद्र १३ २०७८ आइतवार - १२:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij