२०८२ भाद्र २ गते सोमवार
दैलेख । दैलेख जिल्लाको चामुण्डावीन्द्रासैनी नगरपालिका-२ बाँसठानास्थित भैरव माध्यामिक विद्यालयमा एकजना शिक्षकले राहत कोटामा नाम निकाले पनि विद्यालयले नियुक्ति दिएको छैन ।
२०७७ चैत्र ५ गते विद्यालय व्यवस्थापन समितिको बैठकले २०७७ चैत्र १० गते १ जना प्रावि राहत कोटामा शिक्षक चाहिएको भनेर विज्ञापन गरेको थियो । विज्ञापनपश्चात् वडा २ का खगेन्द्र अधिकारीसहित १६ जनाले दरखास्त पर्यो । दरखास्त दिएकामध्ये चार जना करार लिस्टमा परेका थिए भने बाँकी १२ जना करार लिस्ट बाट आउट भएका थिए ।
जसमा खगेन्द्र अधिकार शिक्षक सेवा आयोगको करार नम्बर आठमा छन् । अन्य तीनजनाको क्रमशः २३, ३४ र ३६ औँ नम्बरमा छन् । जसमा खगेन्द्र नेपाल सरकारको नियमानुसार स्वतः नियुक्त हुन र शिक्षक हुन योग्य मानिन्छ । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र कुमार कँडेलले आफ्नी श्रीमतीलाई उक्त राहत कोटामा राख्ने मनसायले हालसम्म पनि नियुक्ति नदिएको खगेन्द्र अधिकारीले बताए ।
नेपाल सरकारको प्रचलित नियमानुसार आठौँ नम्बरमा नाम भएर नियुक्ति पाउनु पर्ने हो, व्यक्तिगत स्वार्थका कारण नियुक्ति नदिएरै अल्झाइएको छ,’उनले भने,‘पहिले विज्ञापन गर्दा पनि विद्यालयले कसैलाई थाहै नदिएर आन्तरिक रूपमा विज्ञापन गरेका थिए,थाह पाएर दरखास्त दिएँ । अहिले नियुक्ति नदिएको ६ महिना भयो ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सोही विद्यालयमा बालविकास पढाइरहेकी आफ्नी श्रीमती नन्दा कँडेललाई राहत शिक्षकमा नियुक्त गर्न लोभ र दबाव दिएको शिक्षक अधिकारीको गुनासो छ । ‘कानुन अनुसार म त्यहाँ नियुक्त हुन योग्य व्यक्ति हुँ,अन्य प्रतिस्पर्धाभन्दा शिक्षक सेवा आयोगको आठौँ नम्बरमा नाम छ,’उनले भने, सबै पक्रिया र आधार हुँदा हुँदै पनि विव्यस अध्यक्षज्युले आफ्नी श्रीमतीलाई जागिर ख्वाउने नियतका साथ मलाई नियुक्ति नदिएर म माथि अन्याए भएको छ ।’
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र कुमार कँडेलले भने अधिकारी अन्य स्कुलमा कार्यरत भएकाले आन्तरिक रूपमा समन्वय गरेर अघि बढौँ भनेको बताउँछन् । उनले भने,‘उहाँ यही वडाको एक विद्यालयमा कार्यरत हुनुहुन्छ । समन्वय गरेर जाउ मात्र भनेको हो ।’
यसपछि पनि खगेन्द्रसँग बसेर आन्तरिक रूपमा सरसल्लाह गरेर छिनोफनो गर्ने बताए । यस्तै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद कँडेले यसमा आफ्नो दोष नभएको बताउँछन् । यस्मा आफ्नो कुनै दोष छैन,’उनले भने,दोष विव्यस अध्यक्षज्युको हो । उहाँलाई पटक पटक नियुक्ति दिउँ भनेको तर अध्यक्षज्इुले मान्नुभएन ।’
आफूले बारम्बार अध्यक्षज्युलाई कानुनी पक्रिया पूरा भएको शिक्षकलाई नियुक्ति दिउँ भन्दा अध्यक्षज्युले नै मान्नु भएन ,‘उनले भने, सरकारको नियमानुसार खगेन्द्रले नियुक्ति पाउनै पर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij