२०८२ माघ ७ गते बुधवार
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । त्यस्तै एनएमबी बैंकले पनि गत आर्थिक वर्षको मुनाफाबाट १६.२० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
प्राइम बैंकको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । २ अर्ब ९ करोड रुपैयाँ बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै एनएमबी बैंकले ४६ करोड २३ लाख रुपैयाँ नगद लाभांश र एक अर्ब ८७ करोड रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि चुक्ता पुँजी १६ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।
दुवै बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै वार्षिक साधारणसभा आह्वान गर्न सक्ने छन्। साधारणसभाले प्रस्तावित लाभांश स्वीकृत गरेपछि शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।
नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकको न्युनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ तोके पनि बैंकहरुले तोकेको पुँजी भन्दा दोब्बरले बढाएका छन् । दुवै बैंकले मर्जर र बोनस शेयरमार्फत् पुँजी बढाएका हुन् । अन्य फाइनान्स तथा विकास बैंकलाई किनेर दुबैले आफ्नो आकार बढाएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij