Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन


  • 5.1K
    Shares

    अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन
    images

    काठमाडौं । अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरिएको छ ।

    भदौ १४ गते सार्वजनिक विदा परेकाले आइतवार भदौ १३ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । 

    साथै कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ ।  यी प्रस्ताव पारितका लागि कम्पनीले आगामी भदौ २६ गते साधारण सभा बोलाएको हो । 

    कम्पनीले सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय ट्रेड टावर नेपाल थापाथलीबाट जुम माध्यमबाट गर्ने जानकारी गराएको छ । 

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - १३:२६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij