Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति र कहाँबाट आवेदन दिन सकिने?

लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति र कहाँबाट आवेदन दिन सकिने?


  • 7.2K
    Shares

    लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति र कहाँबाट आवेदन दिन सकिने?
    images

    सनराइज बैंक लिमिटेडले आज (भदौ ११ गते, शुक्रबार) आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । 

    बैंकले इन्स्योरेन्सको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ४ सय २१ रूपैयाँ ६३ पैसा तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ।

    उक्त सेयर खरिद गर्न लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि असोज एक गतेसम्म आवेदन दिन सक्नेछन् । 

    त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

    61287589ce7e0.jpg

     

    प्रकाशित मिति :भाद्र ११ २०७८ शुक्रवार - ११:२७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij