२०८२ भाद्र १ गते आइतवार
दाङ । दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बिजौरीका २४ वर्षीय रमेश थापाको कोहलपुर मेडिकल कलेजमा सोमबार बिहान मृत्यु भएको हो ।
शनिबार दिउँसो करिब २ बजे बबई गाउँपालिका वडा नम्बर ५ हापुरेस्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा ती युवक खसेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij