Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

गोर्खाज फाइनान्सले डाक्यो साधारण सभा, के-के छन् ऐजेन्डा ?

गोर्खाज फाइनान्सले डाक्यो साधारण सभा, के-के छन् ऐजेन्डा ?


  • 6.1K
    Shares

    गोर्खाज फाइनान्सले डाक्यो साधारण सभा, के-के छन् ऐजेन्डा ?
    images

    गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६औँ वार्षिक साधारण सभा भदौ २४ गते, बिहीबार होटल क्राउन इम्पेरियल, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

    सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ।

    यसका साथै, सभाले प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ फाइनान्सले वैशाख ६ गतेदेखि २१ गतेसम्म बुकक्लोज गरेको थियो। त्यसैले, वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

    61270b7bb4188.jpg

     

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १५:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij