Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

न्यादी हाइड्रोपावरको आईपीओमा ४ हजार ५१९ जनाले दिए आवेदन, भदौ १५ गतेसम्म आवेदन दिन सकिने

न्यादी हाइड्रोपावरको आईपीओमा ४ हजार ५१९ जनाले दिए आवेदन, भदौ १५ गतेसम्म आवेदन दिन सकिने


  • 9.9K
    Shares

    न्यादी हाइड्रोपावरको आईपीओमा ४ हजार ५१९ जनाले दिए आवेदन, भदौ १५ गतेसम्म आवेदन दिन सकिने
    images

    काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आईपीओमा ४ हजार ५१९ जना आवेदकले रू. ११ करोड १ लाख ४१ हजार बराबरको  आवेदन परेको छ ।

    विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधवारसम्ममा ४ हजार ५१९ जनाले ११ लाख १ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले भदौ १ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।

    कम्पनीले लमजुङ जिल्लाका आयोजना प्रभावित स्थानिय बासिन्दालाई १५ लाख कित्ता र संस्थापक शेयरधनी कम्पनीका कर्मचारीलाई ३ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न ३,६,७ र ८ का स्थानिय बासिन्दका लागि ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानियलाई १० लाख कित्ता छुट्याएको छ । 

    त्यसैगरी न्यादीका संस्थापक शेयरधनीहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि भने ३ लाख कित्ता शेयर छुट्याइएको छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदकले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर विक्री नभएमा भदौ ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । 

    आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लभर रहेका शाखा कार्यलय,सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी संस्थापक शेयरधनी संस्थाका कर्मचारीले न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

    विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर रेटिङ डबल बी इस्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ । कम्पनीले लजमुङ जिल्लामा ३० मेगावट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १२:२४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij