Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

४८.४२ अंकले खस्कियो नेप्से, ४८ करोड भन्दा बढीको कारोबार

४८.४२ अंकले खस्कियो नेप्से, ४८ करोड भन्दा बढीको कारोबार


  • 5.5K
    Shares

    ४८.४२ अंकले खस्कियो नेप्से, ४८ करोड भन्दा बढीको कारोबार
    images

    काठमाडौँ । सेयर बजार मापक नेप्से परिसूचक ४८.४२ अंकले खस्किएको छ । मंगलबार भारी अंक घट्न सुरु गरेको नेप्सेमा गिरावटले दोस्रो दिन पनि निरन्तरता पाएको हो । १.५५ प्रतिशतले घटेको नेप्से परिसूचक ३०७६.४४ बिन्दुमा पुगेको छ ।

    मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा राष्ट्र बैंकले गरेको कडाइका कारण नेप्सेमा गिरावट आइरहेको अनुमान गरिएको छ । सेयर धितो कर्जामा खुकुलो नीतिका कारण ठूला कारोबारीहरूले ऋण लिएर सेयर बजारमा लगानी गरिरहेका थिए । तर, राष्ट्र बैंकले कर्जामा बिर्को लगाएपछि कारोबारीहरू बजारबाट बाहिरिन खोजिरहेको हुनसक्ने अड्कल गरिएको छ ।

    विकास बैंक र निर्जीवन बीमा समूहका कम्पनीहरूको सेयर मुल्यमा उच्च गिरावट आएको छ । त्यस्तै सेयर बजारमा उल्लेख्य बर्चस्व राख्ने बैंकिङ समूहको परिसूचक समेत खस्किएको छ ।

    जीवन विकास लघुवित्त र आइसिएफसी फाइनान्सको सेयर मुल्यमा भने उच्च वृद्धि भएको छ । खानीखोला जलविद्युत्‌को सेयर मूल्यमा ठूलो अंकको गिरावट आएर सर्किट ब्रेकर नै लागेको छ ।

    २० अर्बभन्दा माथि पुगेको सेयर कारोबारको रकम खुम्चिएर १२ अर्बमा सीमित भएको छ । एक लाख १८ हजार नौ सय १७ पटकको किनबेचमा एक करोड ९५ लाख कित्ता सेयर किनबेच भएको छ ।

    यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर लिमिटेडको भएको छ । यस कम्पनीको आज ४८ करोड भन्दा बढीको कारोबार भएको छ ।        

    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - १६:१६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij