२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर बिक्री खुला गरको हो ।
कम्पनीले निष्कसन गरेकोमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ जारी गरिसकेको छ । सर्वसाधानरणका लागि अहिले हाल दोस्रो चरणमा आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीको आईपीओमा छिटोमा भदौ १३ गतेसम्म र उक्त अवधिमा माग अनुसार आवेदन नपरे भदौ २३ गतेसम्म आवेदन दिने म्याद थप हुने हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मोबाइल एपबाट आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनको लागि कम्पनीको बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘इक्रा एनपी आईआर डबल बी रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँछ ।
हाल २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले स्थानीयलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले तेह्रथुम जिल्लाको मेन्छ््रयायेम गाउंँपालिका स्थित खोरुङ्गा र ईवाखोलामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला साना जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न गरेको छ । उक्त आयोजनाको प्रतिमेगावाट उत्पादन लागत १७.८९ करोड र कुल लागत १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आयोजनाको लगानी फिर्ता हुने अवधी ८.०९ वर्षको रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij