Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चार दिनपछि खुलेको सेयर बजारमा नेप्से दोहोर अंकले घट्यो, १६ अर्ब १२ करोडको सेयर कारोबार

चार दिनपछि खुलेको सेयर बजारमा नेप्से दोहोर अंकले घट्यो, १६ अर्ब १२ करोडको सेयर कारोबार


  • 6.3K
    Shares

    चार दिनपछि खुलेको सेयर बजारमा नेप्से दोहोर अंकले घट्यो, १६ अर्ब १२ करोडको सेयर कारोबार
    images

    साताको कारोबार खुलेको पहिलो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मंगलबार बिहानैदेखि खुलेदेखि नै ओरालो लागेको नेप्से परिसूचक बन्द हुँदा ५६ अंकले घटेको हो । 

    बजारमा जलविद्युत समूहमा सबैभन्दा बढी ६.२१ अंक अर्थात् २३२ अंकको गिरावट आएको छ । सो समूहको १४ ओटा कम्पनी नकारात्मक देखिएका छन् । यो समूहका ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथि घट्न पुगेको छ ।

    मंगलबार विकास बैंक समूहको परिसूचकमा पनि २४४ अंकले गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समूहको परिसूचकमा करिब २० अंकको गिरावट आएको छ । 

    मंगलबार सबै समूहमा उच्च गिरावट आउँदा  फाइनान्स र निर्जीवन बीमा समूहको परिसूचक भने बढ्न पुगेको छ । मंगलबार २२५ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भई १६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
     

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १६:२४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij